Saturday, July 27, 2024

समाजसेवी ऐरद्वारा जाजरकोटको एक विद्यालयमा न्यानो लुगा वितरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरकी समाजसेवी चाँदनी ऐरले जाजरकोटको एक विद्यालयमा न्यानो लुगा वितरण गरेकी छिन् । जाजरकोटको कुशे गाउँपालिका–२ मा रहेको श्री लक्ष्मी आदर्श आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

समाजसेवी चादँनी ऐरको पहलमा श्री ललिता हेयर एण्ड ब्युटी होमले खेलेको देउसी भैलो कार्यक्रम बाट जुटेको सहयोग रकमबाट ४० जना विद्यार्थीहरुलाई ट्रयाक सुट, सुईटर लगायत न्यानो लुगा वितरण गरिएको हो ।

समाजसेवी चादँनी ऐरले सबैको सानो सानो सहयोगले बिकट ठाउँमा पुगेर प्रत्यक्ष न्यानो लुगा बितरण गरेको बताउदै कोरियामा कर्मथलो बनाउदै आउनु भएका समाजसेवी उल्सान सिंह, सोलुखुम्बुका समाजसेवी एल.जि शेर्पा, समाजसेवी प्रबेश केसीको सहयोगमा जोखिमपूर्ण यात्रा गरि राहत सामग्री वितरण गर्न सफल भएको बताइन् ।

कार्यक्रममा स्थानीय समाजसेवी इन्द्र सिंह, समाजसेवी राधिका शर्मा लगायत वडा अध्यक्ष,बिद्यालय व्यवस्थापन समिती अध्यक्ष, प्रअ, सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उपस्थितीमा चौथो पटकको राहत वितरण गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार