Saturday, July 27, 2024

कञ्चनपुरमा मकर मेला तथा धार्मिक पर्यटकिय महोत्सव लाग्ने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदाली स्थित हरिहर स्नान घाटका मकर मेला तथा धार्मिक पर्यटन महोत्सव २०८० लाग्ने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

श्री शिद्धनाथ बैजनाथ मन्दिर सेवा समिति कञ्चनपुरको आयोजनामा यहि पुष २२ गते बाट मकर मेला तथा धार्मिक पर्यटन महोत्सव २०८० लाग्ने भएको हो । सो क्षेत्रको धार्मिक पर्यटनमा वृद्धि तथा कलासंकृतिको जगेर्ना गर्ने महोत्सव संचालन हुन लागेको आयोजक समितिले जनाएको छ ।

पौष एकादशीका दिन देखि सुरु हुने महोत्सव झन्डै दुई महिना संचालन हुने छ ।फागुन २५ महाशिवरात्रीसम्म चल्ने महोत्सव मकसंक्रान्तिका अबसरमा महान स्नान सहितका विभिन्न भाषा भाषी तथा जातजातिका कलासंकृती झल्काउने कार्यक्रम गरिने आयोजक समितिको भनाईरहेको छ ।

मकर मेला तथा धार्मिक पर्यटक महोत्सव २०८० का सह —संयोजक तथा सल्लाहकार नर बहादुर साउदले महोत्सवमा पहाडका विभिन्न जिल्लाबाट बसाँई सराई गरि तराई झरेका विभिन्न जातजातिका मानिसहरुको कलासंकृती झल्काउने खालका देउडा,गौरा,भुवा,थारु नाच लगाएतका कार्यक्रमको आयोजना गर्ने बताए । ६३ दिन सम्म चल्ने महोत्सवमा विवित कार्यक्रम गरेर महोत्सव मनाईने छ ।

मन्दिरका पुजारी सन्तराम पन्तले दर्शनार्थीका सबै कामकाज गरिने बताए स्थानीय युवा बुद्धिजिवि लोकराज पन्तले विगतका लामो समय देखि मानिसहरु धार्मिम काम काजका लागि भारतको हरीद्धार जाने भएकाले महाकाली किनारमा रहेको हरीहर स्नान घाटमा धार्मिक पर्यटन क्षेत्र बने संगै सबैलाई सुबिधा हुने बताए । बैजनाथ शिद्धनाथ मन्दिर समितिका अध्यक्ष बालसन्तद्धय लोमस गिरी,लक्ष्मण भारति धर्मध्वज पुजन सहित महोत्सवको उद्घाटन गरिने बताए । महोत्सवको तयारी तिब्र रुपमा अघि बढिसकेको बताए ।

एक धार भारत र एक धार नेपाल भएर लिम्पियाधुराबाट बग्ने महाकाली नदि आफैमा महत्व बोकेको धार्मिक तथा पर्यटकिय क्षेत्र भएको उनको भनाई छ । भीमदत्त नगरपालिका १२ का वडाअध्यक्ष तथा मकर मेला तथा धार्मिक पर्यटकिय महोत्सव मुल समितिका संयोजक भुपेन्द्र रावलले धार्मिक महोत्सवका लागि स्थानिय सरकारबाट सक्दो सहयोग गरिने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार