महेन्द्रनगर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कञ्चनपुरका एक विमित मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरकी पशुपती पाठकले सिटिजन लाईफ इन्स्योरेन्समा २० वर्षका लागी पाँच वर्ष पहिले पाँच लाखको बिमा गरेकी थिइन् । गत असोज दोस्रो साता उच्च रक्तचापका कारण पाठकको मृत्यु भएको थियो ।

आज(बुधबार) सिटिजन लाईफ इन्स्योरेन्स महेन्द्रनगर शाखाले मृतक पाठकको परिवारलाई ६ लाख पाँच हजार रुपैँया हस्तान्तरण गरेको हो ।

महेन्द्रनगर शाखा प्रमुख धनेश्वरी भट्ट बोगटीले मृत्यु दाबी भुक्तानी बाफतको ६ लाख पाँच हजार रुपैया मृतकका श्रीमान प्रेम प्रकाश पाठकलाई हस्तान्तरण गरेकी हुन् ।
मृतक पाठकले सिटिजन लाईफ इन्स्योरेन्समा जीवन सारथी बिमा योजनाको पाँच लाख बिमाङ्कमा एक लाख ७२ हजार एक सय ४० रुपैया कम्पनीलाई भुक्तानी गरेकी थिइन् ।