महेन्द्रनगर । नेवि संघ कञ्चनपुरले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा विपीको सालिकमा माल्यापर्ण गरेका छन् ।

सोमबार ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौत लगायतका विद्यार्थी नेताहरुले महेन्द्रनगरमा रहेको कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको सालिकमा माल्यापर्ण गरेका हुन् ।

नेपाली कांग्रेसले सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका, वृहत् शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा देशभर ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ’राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ ।