Saturday, July 27, 2024

बालकुमारी घटनाका मृतक परिवार र सरकारबीच ४ बुँदे सहमति

प्रकाशित:

काठमाडौँ । बालकुमारी घटनाकाका मृतक परिवार र सरकार पक्षबीच चारबुँदे सहमति भएको छ ।सहमतिमा मृतकका परिवारका १र१ जनालाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

त्यस्तै मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने उल्लेख छ ।

सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकका परिवारले सोमबारै शव बुझिलिने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिमा उल्लेख छ ।

सरकारको तर्फबाट गृहमन्त्रालयमा उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट शाहका बुवा टेकबहादुर शाह र राउतका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार