महेन्द्रनगर । नेपाली कांग्रेसको ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेवि संघ कञ्चनपुरले पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार नेपाली कांग्रेस कञ्चनपुरको पार्टी कार्यालयमा नेविसंघ कञ्चनपुरले पदास्थापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

नेवि संघका केन्द्रीय सदस्य इन्द्र साउँदको प्रमुख आतिथ्य तथा नेविसंघ कञ्चनपुरका जिल्ला अध्यक्ष नरेश पण्डितको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पदस्थापन कार्यक्रममा विशिष्ठ अतिथीहरुमा नेवि संघ केन्द्रीय सदस्य सञ्जु अधिकारी, लोचन कार्की, शेषसैया कुमार बिष्ट लगायत अतिथीहरुमा जनज्योती क्याम्पस एकाईका सभापति कृष्णदेब जोशी, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका नेता दिनेश राज भट्ट, नेवि संघका नेता अमृत कठायत लगायतका नेता तथा कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको नेवि संघ कञ्चनपुरका सचिव बिशाल बिष्टले बताए ।
नेपाली कांग्रेसले सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका, वृहत् शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा देशभर ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ’राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ ।