Saturday, July 27, 2024

‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन

प्रकाशित:

धनगढी । कैलालीको एक स्थानीय तहले एक विद्यालय एक नर्स कार्यक्रम लिएको छ । कैलालीको गोदावरी नगरपालिकाले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा लिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम अनुसार ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याइएको हो । मंसिंर महिनाको अन्तिम सातादेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए ।

सुरुमा कार्यक्रमका लागि दरवन्दी सिर्जना गर्ने भनिए पनि नगरपालिकाकै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको संख्या धेरै भएपछि उनीहरुलाई नै खटाइएको उनले बताए ।

अहिले १२ वटै वडामा गरी १६ जना स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्यकर्मीले हरेक विद्यालयमा हप्ताको एकदिन स्वास्थ्य शिक्षाको विषयमा अध्यापन गराउने कार्यतालिका छ। कार्यक्रममा कक्षा ७ भन्दा माथिका विद्यार्थीलाई समेटिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार