Saturday, July 27, 2024

बालकुमारी प्रकरण: गृहमन्त्रीको राजीनामा माग्दै दैलेखमा प्रदर्शन

प्रकाशित:

दैलेख । दैलेखमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ। शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको कुटाइबाट दैलेख र अछामका गरी दुईजना युवाको मृत्यु भएको भन्दै यहाँका युवाहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिवार दैलेख बजारमा हत्याविरुद्ध उत्रिएका युवाहरूले ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै विरोध प्रदर्शन गरेका थिए। युवाहरूले हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका छन्।

उनीहरूले मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अहिलेको सरकारले जनअपेक्षाअनुसार काम नगरेको समेत आरोप लगाए। युवाहरूले अहिलेको सरकार जनताको समस्या समाधानभन्दा पनि सुन तस्कर लगायतका भ्रष्टाचारी जोगाउने काममा लागेको बताए। उनीहरूले गृहमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम नरोकिने बताएका छन्।

कोरियाली भाषा परीक्षाको विषयमा प्रदर्शनका क्रममा शुक्रवार प्रदर्शनकारीले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए। त्यसपछि प्रहरीले अश्रुग्याँस, लाठीचार्ज र गोली चलाउँदा दुईजना युवाको ज्यान गएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार