Saturday, July 27, 2024

विद्यार्थीहरुलाई तिन महिने निःशुल्क कम्प्युटर तालिम

प्रकाशित:

दोधारा । दोधारा चाँदनीमा तिन महिने निशुल्क कम्प्युटर तालिम सुरु गरिएको छ । दोधारा चाँदनी नगरपालिका– १ वडा कार्यालयको आयोजना र महर कम्प्युटर ईन्स्टिच्युट दोधारा चाँदनीको प्राबिधिक सहयोगमा बिद्यार्थीहरुलाई तिन महिने निशुल्क आधारभुत कम्प्युटर तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– १ का वडाध्यक्ष बिक्रम चन्दले जानकारी दिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

एक कार्यक्रमको बिच तिन महिने आधारभुत कम्प्युटर तालिमको विधिवतरुपमा उद्धघाटन गरिएको छ् । वडामा रहेका कक्षा ६ देखि कक्षा ९ अध्यनरत छात्र तथा छात्राहरु सहभागी हुने गरि तालिम संचालन गरिएको बताईएको छ् । तालिममा ४० जना बिद्यार्थीहरुको सहभागिता रहेको छन् ।

तालिमको उद्घघाटन गर्दै वाडध्यक्ष बिक्रम चन्दले दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउन गुणस्तरीय शिक्षाका लागि निशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताएका छन् । तालिममा मात्रै सिमित नगरी त्यसलाई व्यवाहारिक रुपमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह समेत अध्यक्ष चन्दले गरे ।

आजको युग भनेको विज्ञान र प्रविधिको युग हो त्यसैले कम्प्युटर शिक्षा अपरिहार्य भएको बताउदै अध्यक्ष बिक्रम चन्दले विगतको तुलनामा टेक्नोलोजीले ठूलो फड्को मारेको भन्दै कम्प्युटरमा पछि पर्ने मान्छेले समय सापेक्ष प्रगती गर्न नसक्ने बताए ।

आजको युग कम्तीमा पनि कम्प्युटरको आधारभुत ज्ञान हुनै पर्ने भएकोले वडा कार्यालयले निशुल्क ३ महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको बताउदै समय अवधीभर ध्यान दिएर तालिममा सिकाएका हरेक विषयबस्तु सिक्न परिक्षार्थीहरुलाई अनुरोध गरेका छन् ।

त्यसैगरी तालिम उद्घघाटन सत्रमा बक्ताहरुले ३ महिना सम्म सिकेको तालिम कक्षा कोठामा मात्रै सिमित नभई कम्प्युटर सम्बन्धी दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने अभियानमा लाग्नुपर्ने बताउदै तिन महिने कक्षाबाट कम्प्युटरको आधारभुत शिक्षामा सहभागी सबै दक्ष हुनै पर्ने सुझाव दिएका छन् ।

निशुल्क कम्प्युटर तालिममा सहभागी हुन पाएको भन्दै बिद्यार्थीहरु जनप्रतिनिधी प्रति खुशी प्रकट गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार