Saturday, July 27, 2024

सीमा क्षेत्रमा रहेको एक विद्यालयका विद्यार्थीलाई उपमेयर जोशीद्वारा पोशाक वितरण

प्रकाशित:

-पुप्पु गुरुङ्ग ।
दोधारा । कञ्चनपुरको दोधारा चाँदनीको नेपाल–भारत सिमा क्षेत्र नजिक रहेको बिद्यालयका बिद्यार्थीहरुलाई उपमेयर गंगा देबी जोशीले पोशाक बितरण गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिकाको नगर उप्रमुख गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं. ८ को नेपाल–भारत सिमा बस्ती सुन्दरनगरमा अवस्थीत भैरव आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण गरेका छन् ।

आए एक कार्यक्रमको बिच बिद्यालयमा बिद्यालयका शिक्षक, अभिभावक, बिद्यालय ब्यवस्थापन समिति तथा बिद्यार्थीको माँझ ७६ जना बिद्यार्थीहरुलाई निशुल्क पोशाक बितरण गरिएको हो ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका पुजा बिष्ट, जिल्ला समन्वय समितिका सदस्य चन्द्र देबी थापा, भैरव आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिशंकर रोकाया, नेपाली काग्रेंसका युवा नेता जय बहादुर खड्का, टिका उपाध्याय, भैरव आधारभुत बिद्यालयका प्रधानध्यापक भिम बहादु बिष्ट लगाएत अभिभावक तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

आर्थिक अवस्था दैनिय रहेका बिद्यार्थीहरुलाई पठन पाठनमा सघाउन होस् भन्ने उद्धेश्यले बिद्यालय पोशाक बितरण गरिएको दोधारा चाँदनीका नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीले बताएका छन् ।

परिवारको आर्थिक स्थिती कमजोर रहेको र एक पटक सिलाएका पोशाक पुराना तथा फाँटेको भएकाले बिद्यार्थीहरु बिद्यालय नियमित आउन छोड्ने गरेको कारण बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको बताईएको छ ।

पुराना तथा च्यात्तिएका पोशाकका समस्याका कारण नियमित बिद्यालय नआउने बिद्यार्थीहरुको लागि पोशाक बितरण गरिएको दोधारा चाँदनीका नगरपालिका नगरउपप्रमुख गंगा देबी जोशीले बताएका छन् ।

बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराई पठनपाठनमा सहभागी गराउन हौसला प्रदान गर्ने अभिप्रायले यस्तो व्यवस्था गरिएको नगरउपप्रमुख जोशीको भनाई रहेको छ।

गत वर्ष पनि उपमेयर जोशीले बिद्यालयहरुमा आफै पुगी बिद्यार्थीहरुलाई पोशाक बितरण गरेका थिए । उपमेयर जोशीले बिपन्न बिद्यार्थीहरुलाई सहयोग गरेको भन्दै नेपाली काग्रेंसका युवा नेता टिका उपाध्यायले खुलेरै प्रशंसा गरेका छन् ।

गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई उपमेयर गंगा देवी जोशीले गरेको शैक्षिक सुधारका कार्य निकै प्रशंसनिय रहेको नेता टिका उपाध्यायले बताएका छन् ।

भैरव आधारभुत बिद्यालय बयवस्थापन समितिका अध्यक्ष हरिशंकर रोकायाले बिद्यार्थीहरुलाई उपमेयर जोशीको यस वर्षको योजना तथा कार्यक्रम अनुसार बिद्यार्थीहरुलाई पोशाक बितरणले भैरव आधारभुत बिद्यालयका अभिभावक बर्गलाई वालवालिका पठनपाठनमा निकै सघाउ पुगेको बताएका छन् ।

‘उपमेयरज्युको बिद्यार्थीहरुलाई पोशाक बितरण कार्यक्रमले गरिब तथा बिपन्न अभिभावकलाई निकै सहयोग पुगेको छ्’ भैरव आधारभुत बिद्यालय बयवस्थापन समितिका अध्यक्ष हरिशंकर रोकायाले भने ।

सामुदायिक बिद्यालय तर्फ घट्दो आकर्षणलाई पुन: बढाउन समेत पोशाका बितरण कार्यक्रम सघाउ पुगेको बक्ताहरुले बताएका छन् । निशुल्क ड्रेस पाए संगै बिद्यार्थी तथा अभिभावकहरु खुसी भएका छन् ।

उनिहरुले उपमेयर गंगा देबी जोशीले बितरण गरेको बिद्यार्थी पोशाक शिक्षामा फलदायी साबित हुने बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार