Saturday, July 27, 2024

दार्चुलाको ‘उकु’ बालविवाह मुक्त वडा घोषणा

प्रकाशित:

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु बालविवाह मुक्त वडा घोषणा भएको छ। मङ्गलवार सो गाउँपालिकाको वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मालिकार्जुन गाउँपालिकालाई नै २०८२ सालभित्र बालविवाह मुक्त पालिका बनाउने तयारी भइरहेको छ। स्थानीय रणनीति २०७६ लागू भएपछि मालिकार्जुनमा गुड नेभर्स इन्टरनेशनल नेपालले बालविवाह अन्त्यका लागि सचेनामूलक कार्यक्रम गर्दै आएको छ।

पहिले पालिकामा २५ दशमलव ९६ प्रतिशत हुने बालविवाह अहिले ६ प्रतिशतमा झरेको दाबी गुड नेभर्स इन्टरनेशनल नेपाल दार्चुलाका निमित्त कार्यालय प्रमुख टीकाराम चौधरीको छ।

ताजा समाचार

सम्बन्धित समाचार