Saturday, July 27, 2024

आर्थिक उन्नतिको श्रृंखलाः शून्यबाट थालेको व्यवसायले गितालाई मासिक १५ हजारको बचत !

प्रकाशित:

महेन्द्रनगर । ‘छोरालाई बोर्डिङ स्कुल पढाएका छौ, सर । म र श्रीमान यहि कुखुरा पालन संगै सानो तरकारी खेती गरि गरिरहेका छौं ।’ उनि गित हुन्, यानि, गिता चौधरी । हामी संग कुरा गर्दा उनि खुसी मुद्रामा देखिन्छिन् । जस्तापाताको छानो, माटोले चटक्क लिप्पोत गरेको घर, घरमा एक छोरा अनि श्रीमान ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

No description available.

अहिले २७ वर्षकी गिता र मात्रै २ वर्ष पहिलेकी उनीमा जमिन आसमानको अन्तर छ । खान लाउँन अड्को पर्ने अवस्था, बेरोजगार श्रीमान, खेपिनसक्नु सासु–ससुराको हुङ्कार र बढ्दो मूल्यबृद्धिले आजित मन थाम्नै असहज भएका बेला गितालाई एउटा ‘आइडिया’ फुर्छ, कुखुरा पालन । कुखुरा पालन सुरुवात गरेको निकै छोटो समयमा उनले आफ्नो जीवनको रंग फेरिएको अनुभुत गरेकी छिन् ।

कृष्णपुर नगरपालिका–२ सालघारीको प्रगति टोलमा १२ कट्टा जमिन भाडामा लिएर कुखुरा पालन संगै तरकारी खेतीमा रमेका छन्, गिता र अमन चौधरी । अमन गिताका श्रीमान हुन् । बेरोजगारीको बेचैनीमा हल्लिरहने उनका श्रीमान अहिले प्रायः व्यस्त र प्रशन्न देखिन्छन् । जसको कारण आफ्नी श्रीमती गिता रहेको अमन स्वीकार्छन् ।

लगातार ६ वर्षसम्म सु–आहारा परियोजनामा काम गर्दा पनि घर खर्च र घरायसी समस्या निवाकरण हुँने मेसो नपाएपछि गिता सशंकित हुन्छिन्, र उनले व्यवसायीक कुखुरापालनको योजना बनाइन । श्रीमानलाई प्रेरित गर्न आँट(हिम्मत) दिइन । यद्यपी लगानी थिएन । हामी शून्य पुजी (लगानी) मा थियौ, उनी भन्छिन् ।

No description available.

झण्डै डेढ बर्ष अघि स्थानीय लद्युवित्तबाट एक लाख रुपैँया ऋण लिएर तीन सय चल्ला बाट कुखुरा पालन सुरु भएको उनी बताउछिन् । ५०/५० प्रतिशत पैसा दाना र कुखुराको चल्लाको लागि खर्चेपछि कुखुरापालनले व्यवसायीकता पाएको हो ।

अब सुरु हुन्छ आर्थिक उन्नतिको श्रृंखला, कुखुरापालन सुरुगरेको पहिलो सत्रमै गिता र उनका श्रीमानले आर्थिक अड्चनबाट केही राहतको महशुस गरेको बताउँछन् । दोस्रो सिफ्टमा गिताले डेढलाख ऋण निकाल्दै पाँच–सात सय कुखुरा पालन क्षमताको आधुनिक खोर निर्माण सहित कुखुरा थप गरिन् । यसबाट आर्थिक उपार्जन बढेको छ । चौधरी दम्पती निकै प्रसन्न छन् ।

कुखुराका लागि बजार पनि प्रयाप्त भएको गिता बताउछिन् । बंक, बाणी, गुलरिया र अत्तरिया सम्मै अमनले कुखुरा मोटरसाइकलमै बेच्न लैजान्छन् । अर्को तर्फ गिताले १० कट्टा जमिनमा तरकारी खेती गरेकी छिन् । १० कट्टामा फलाएको आलु, काउलीले समेत राम्रो आम्दानी दिने गरेको उनी बताउछिन् ।

जमिन भाडामा लिएर व्यवसाय थालेको उनलाई एक वर्ष बढी भयो । जमिनको भाडा वार्षिक २० हजार रहेको उनी बताउछिन् । आफ्ना आवश्यकताका चिजवस्तु र घरखर्च लगायत कटौती गरेर लगभग १५ हजार जती मासिक बचत हुने गरेको गिता बताउँछिन् ।

No description available.

गिताको अदम्य आँट–अठोटले उनको परिवारमा आर्थिक उन्नतिको लहरा फलेको छ । पहिले सरकारी विद्यालय पढ्ने गिताको छोरा यो शैक्षिकसत्र देखि अंग्रेजी माध्यमको निजी विद्यालय (बोर्डिङ स्कुल)मा पढ्दै आएको छ । व्यवसायीकता पछिको आर्थिक उन्नयनले गिताको घर परिवारमा सुख, शान्ती र अमन चयनको माहोल सिर्जना भएको छ ।

‘समाजले पनि हामीलाई पहिले हेपाहा नजरले हेर्थ्ये, सर । अहिले हाम्रो पनि केही बचत हुँने गरेका छ । अहिले हामी प्रति उनीहरुको नजरिया फेरिएको छ, सर ।’ उनै गिता चौधरी भन्छिन् ।

(निगरानी खबर डटकमकालागि आर्थिक उन्नतिको श्रृंखला)

ताजा समाचार

सम्बन्धित समाचार