Saturday, July 27, 2024

कांग्रेस कञ्चनपुरले राष्ट्रिय सभा सदस्यका लागि पठायो ८ जनाको नामावली

प्रकाशित:

महेन्द्रनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेस कञ्चनपुरले सबै क्लस्टरमा ८ जनाको नाम सिफारिश गरी पठाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कांग्रेसको केन्द्रीय समितिको निर्देशन अनुसार सबै क्लस्टरमा आकांक्षी उम्मेदवारहरुको नामावली सुदूरपश्चिम प्रदेश कार्यसमितिमा पठाएको नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए ।

खुल्लातर्फबाट केन्द्रीय सदस्य यज्ञराज जोशी सहित चार जनाको सिफारिश गरिएको छ । यज्ञराज जोशी, बलदेव बोहरा, प्रेम कुमार बिष्ट र ठाकुर बरालको नाम सिफारिस गरिएको जिल्ला सचिव भट्टले बताए ।

अपाङ्ग तर्फ निवर्तमान जिल्ला सचिव दिवाकर पाण्डेयको नाम सिफारिस गरिएको छ । यस्तै महिलातर्फ कल्पना केसी, माया भट्ट र शान्ता शर्माको नाम सिफारिस गरिएको पार्टी सचिव भट्टले बताए ।

प्रदेश कार्यसमितिले सिफारिश भएका नामहरु केन्द्रमा पठाउने र केन्द्रले उम्मेदवारको नाम टुंगो लगाउने उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार