बर्दियामा बाघको आक्रमणबाट बालकको मृत्यु

प्रकाशित:

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

बार बर्दिया नगरपालिका–४ का १०/११ वर्षका सुमित थारु बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

उनलाई उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारु मेमोरियल अस्पताल लगिएकामा शनिबार दिउँसो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार