Saturday, July 27, 2024

कृषि गणनाको सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक

प्रकाशित:

-महेन्द्रनगर । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

धनगढीमा आज आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा चार लाख ५७ हजार सात ५६ किसान परिवारले एक लाख ९२ हजार आठ सय ८५ हेक्टरमा कृषिकार्य गरेको जानकारी दिइएको छ ।

नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४ दशमलव पाँच प्रतिशत देखिएकामा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ ।

नेपालमा सिँचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकामा सुदूरपश्चिममा ७६ प्रतिशत परिवारले सो सुविधा पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताए ।

सुदूरपश्चिममा धान एक लाख आठ हजार आठ सय, मकै २३ हजार ७३ र गहुँ एक लाख चार हजार पाँच सय ७३ हेक्टर क्षेत्रफलमा गरिँदै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै सुदूरपश्चिममा आँप तीन सय, केरा सात सय पाँच, सुन्तला तीन सय ९३, कागती एक सय ८१ र स्याउ एक सय ३९ हेक्टरमा गरिएको जनाइएको छ ।

सार्वजनिक तथ्याङ्कानुसार पछिल्लो समयमा सुदूरपश्चिममा कृषि कार्यका लागि ट्रयाक्टर, पावरट्रिलर प्रयोग गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ भने कृषि ऋण लिने, कृषि बीमा गराउने र सरकारी अनुदान लिने किसानको सङ्ख्या न्यून रहेको छ ।

सुदूरपश्चिममा मुख्य कृषकमा पुरुष र महिलाको प्रतिशत क्रमशः ६१ दशमलव आठ र ३८ दशमलव दुई रहेको छ भने वर्षभरि खान पुग्ने बताउने किसानको प्रतिशत ४० दशमलव एक रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उक्त सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायले कृषि क्षेत्रमा सुधार गर्ने योजना तर्जुमा गर्न राष्ट्रिय कृषि गणना, २०७८ को नतिजा फलदायी हुने बताउनुभयो ।

उहाँले कृषि क्षेत्रमा लगानी गरेर उत्पादन बढाउनेतर्फ लाग्नुपर्ने बताए । नतिजा सार्वजनिक कार्यक्रममा विगतको गणनाभन्दा यस गणनामा सबैभन्दा बढी क्षेत्रफलमा तरकारी बढेको देखिएको जानकारी दिइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार