-ईशु नेगी ।
महेन्द्रनगर । भीमदत्त–१८ सालघारी स्थित ईको पार्क व्यवस्थित र सफा सुग्घर अभियान थालिएको छ । शारीरिक व्यामका लागि दैनिक सय बढी मान्छेहरु उक्त ईको पार्कमा जाने गर्छन् ।

भीनपा १८ का वडाध्यक्ष रविन्द्र देवकोटा, वडा सदस्य हेम बस्नेत लगायतका जिम्मेवार व्यक्तिहरुले ईको पार्क व्यवस्थित एवं सफा सुग्घर बनाउँनका लागि पहल चाल्दै आएका छन् । प्रत्यके शनिबार भीमदत्त नगरपालिका अन्तर्गतको नगर प्रहरी लगायतको टोलीले ईको पार्कमा सरसफाई कार्याक्रम गर्दै आएको छ ।

केहि दिन अघि मात्रै ईको पार्क भित्र खाल्डा खुल्डी भएको जमिनमा माटो भरानको काम सम्पन्न गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी आफै पनि उक्त पार्कको सरसफाई एवं व्यवस्थापनका लागि समय समयमा खटिइरहन्छन् ।

महेन्द्रनगरको ईको पार्क स्थानीय नागरिकहरुका लागि बिहान शारीरिक व्याम गर्ने देखि विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप गर्न मिल्ने थलोका रुपमा रहेको छ । महेन्द्रनगरका समाजसेवी, बुद्धिजीबिहरु पनि स्वस्फुर्थ रुपमा ईको पार्कको सरसफाई एवं व्यवस्थापनका लागि खटिएका देखिन्छन् ।
पछिल्लो समय भीनपा–१८ का वडाध्यक्ष देवकोटा, वडा सदस्य हेम बस्नेत र नगर प्रहरीको टोली लगातार ईको पार्कको सरसफाई एवं व्यवस्थापनमा खटिएको छ ।