-महेन्द्रनगर । कञ्चनपुरका पत्रकार राजेन्द्र बिष्ट सहकारिता पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । शनिवार सुदुरपश्चिमको उत्कृष्ट सहकारी उदयदेव सहकारी संस्थाले आफ्नो बार्षिक साधारण सभाबाट पत्रकार बिष्टलाई सहकारिता पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

उदयदेव सहकारी संस्थाले यो वर्ष देखि सहकारिता पत्रकारिता पुरस्कार दिन सुरु गरेको हो । एक दशक देखि पत्रकारितामा रहेका बिष्ट हाल टिभी टुडेको सुदुरपश्चिम समाचार संयोजक हुन् ।

उदयदेव सहकारी संस्थाको वार्षिक साधारण सभाका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका भौतिक विकास मन्त्री प्रकाश देउवाले पत्रकार बिष्टलाई सहकारिता पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् ।
