Saturday, July 27, 2024

कञ्चनपुरमा नेविसंघको विवादै विवादः ८ जना केन्द्रीय सदस्यलाई कारबाहीका लागि सिफारिस

प्रकाशित:

-सीएम अवस्थी ।
महेन्दनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ) कञ्चनपुरका अध्यक्ष रमेश चटौतले आठ जना केन्द्रीय सलदस्यहरुलाई कारबाहीका लागि सिफारिस गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार केन्द्रीय अध्यक्षलाई सम्बोधन गर्दै चटौतले संगठनलाई धरासायी बनाउने क्रियाकलापमा संलग्न रहेको भन्दै नेवि संघका आठ जना केन्द्रीय सदस्यहरुलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

दिनेश शर्मा, इन्द्र साउँद, खेमराज जोशी, अमृत जंग कार्की, लोचन कार्की, सञ्जय अधिकारी, मनोज भट्ट र शेषसैया कुमार बिष्टलाई अध्यक्ष चटौतले कारबाहीका लागि सिफारिस गरेका हुन् ।

अध्यक्ष चटौतले भनेः– ‘नेपाल विद्यार्थी संघको मर्म र भावना विपरित संगठनलाई धराशायी बनाउने क्रियाकलापमा संलग्न रहि संगठनलाई आँच पुर्याउने खालका गैरजिम्मेवार कार्यहरु कञ्चनपुरमा भईरहेको हुँदा नेवि संघ कञ्चनपुर बाट यस्ता कार्यमा संलग्न केन्द्रमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई नेवि संघको विधान, ऐन, नियमावली बमोजिम कारवाहीका लागि सिफारिस गरेका हौं ।’

May be an image of text

  विवाद के हो ?   
केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले रमेश चटौतका नाममा कञ्चनपुरको जिम्मेवारी दिए । चटौतले जिल्ला अध्यक्षको जिम्मेवारी पाए पछि ढिलो गरि कार्यसमितिलाई पुर्णता दिए ।

जिल्ला कार्यसमितिमा आवश्यकता अनुसार राख्ुपर्ने मान्छे नराखि एकलौटी गरेको भन्दै आठै जना केन्द्रीय सदस्य लगायका विद्यार्थी नेताहरु चटौत प्रति रुष्ट भए । सोहि अनुरुप माथि नाम उल्लेखित आठै जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गर्दै गत कार्तिक १० गते नरेश पण्डितलाई अध्यक्षको जिम्मेवारी तोकेका थिए ।

नेविसंघ केन्द्रीय कार्यसमिति काठमाडौं र नेपाली कांग्रेस कञ्चनपुरलाई बोधार्थपत्र लेख्दै पण्डितलाई अध्यक्षको जिम्मेवारी तोकिएको थियो । सोहि अनुसार पण्डितले बिहिबार मात्रै आफ्नो कार्यसमितिलाई पुर्णता दिएका छन् । उनले २३१ जनाको जिल्ला कार्यसमिति गठन गरेका छन् ।

कञ्चनपुरमा यसरी नेविसंघका दुई समानान्तर कमिटि विस्तार भएका छन् । केन्द्रीय अध्यक्षले नै आफुलाई जिल्लाको जिम्मेवारी दिएकोमा चटौत आफुलाई आधिकारी र बैधानिक भएको बताउछन् ।

उता आठ जना केन्द्रीय सस्यहरुले नै हस्ताक्षर गरेर आफुलाई जिम्मेवारी दिएपछि आफु आधिकारीक भएको पण्डित समुह बताउँछ ।

केन्द्रीय सदस्यहरुले कञ्चनपुरमा नेविसंघ अध्यक्षको जिम्मेवारी पण्डितलाई दिएपछि उता चतौटले आफु आधिकारीक भएको दाबि सहित ति आठै जना केन्द्रीय सदस्यहरुलाई कार्बाहीका लागि सिफारिस गरेका हुन् ।

May be an image of text

ताजा समाचार

सम्बन्धित समाचार