महेन्द्रनगर । नेपाल विद्यार्थी संघ(नेविसंघ) कञ्चनपुरले जिल्ला कार्यसमिति विस्तार गरेको छ । बिहिबार नरेश पण्डित अध्यक्ष रहेको समितिले जिल्ला कार्यसमिति विस्तार गरेको हो ।
कञ्चनपुरमा नेवि संघका दुई समानान्तर समिति छन् । नेवि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी नेता रमेश चटौतलाई अध्यक्ष तोकेका थिए । त्यहि अनुसार चटौतले आफ्नो कार्यसमिति विस्तार गरे ।
अध्यक्ष चटौतले मनपरी गरेको भन्दै कञ्चनपुर र दार्चुलाबाट नेविसंघको आठ जना केन्द्रीय सदस्यहरुले समानान्तर समितिका लागि नरेश पण्डितलाई अध्यक्ष घोषणा गरेका थिए ।
सोहि अनुरुप नेवि संघ कञ्चनपुरको नरेश पण्डित अध्यक्ष रहेको समितिले दुई सय ३१ सदस्यीय जिल्ला कार्यसमिति विस्तार गरेको छ ।
जसको उपाध्यक्षमा अनिल बोहरा, किरण ठकुरी, सुरज भट्ट, मुकेश पाठक र गजेन्द्र प्रसाद उपाध्याय रहेका छन् । त्यस्तै सचिवमा विशाल बिष्ट, पंकज भट्ट, निरञ्जन भट्ट र शंकर ओझा रहेका छन् ।
सह–सचिवमा तिलक पाण्डेय (रोहित), हिमान्सु सामन्त, सन्दिप भट्ट, भावना साउद, विवेक चटौत, जनक चन्द, डम्बरराज भट्ट, योगेश भट्ट, मुकेश खड्का र पुष्प कुवँर रहेका छन् । त्यस्तै कोषध्यक्षमा शुलोचना परियार नियुक्त भएकी छिन् ।