दोधारा । दोधारा चाँदनीमा एक दिने निशुल्क आँखा शिविर संचालन हुने भएको छ।
दोधारा चाँदनी नगरपालिका– ७ को आयोजना र नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल आँखा उपचार केन्द्र दोधारा चाँदनीको प्राविधिक सहयोगमा भोली दोधारा चाँदनी नगरपालिका– ७ मिलनचौराह नजिक (फिल्म हल) मा एक दिने निशुल्क आँखा शिविर संचालन हुने भएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिएका छन् ।
बिहान ९ बजे देखि २ बजे सम्म संचालन हुने निशुल्क आँखा शिविरमा बिशेषत : मोतियाबिन्दु भएकाहरुलाई ग्राहयता दिईने वडाध्यक्ष बहेक क्षेत्रीले बताएका छन् ।
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आँखाका रोगीका संख्या धेरै रहेको हुदा बिगत लामो समय देखि प्रत्येक वर्ष वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रको पहलमा दोधारा चाँदनी नगरपालिका– ७ मा निशुल्क आँखा शिविर संचालन हुदै आएको छ ।