Saturday, July 27, 2024

गौरीफन्टा नाकामा भारतीयबाट प्रहरी हवल्दारमाथि हातपात

प्रकाशित:

धनगढी । कैलालीको गौरीफन्टा नाकामा एक नेपाली प्रहरी कर्मचारीमाथि भारतीय नागरिकले हातपात गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रहरीको पोशाकमै रहेका ती हवल्दारमाथि भारतीय नागरिकले हातपात गरेको भिडियो हिजोआज सामाजिक सञ्जालमा भाइरल छ ।

भिडियोमा देखिएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत बिष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश डाँगीले बताए । उनी ३ पुसमा उपचारका लागि भारत जान लागेका भाइलाई गाडी चढाउन गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमिमा गएका थिए ।

सोही क्रममा उनीमाथि भारतीय नागरिकले हातपात गरेको बुझिएको डीएसपी डाँगीले बताए । ‘उनीमाथि हातपात गर्ने व्यक्ति चिनेजानेकै हो भन्ने बुझिएको छ । सुरुमा गलामा हात राखेर कुराकानी गरेको र पछि हातपात गरेको भन्ने कुरा आएको छ’, डाँगीले अनलाइनखबरसँग भने, ‘यो विषयमा थप बुझ्ने काम भइरहेको छ ।’

उक्त घटना ३ पुसको दिउँसो करीब २ बजेतिरको भएको प्रहरीले जनाएको छ । तर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र हवल्दारमाथि हातपात भएको कुरा खुलेको हो । भुलमाथि हातपात गर्ने व्यक्ति भारतको पलियाका पियुस गुप्ता भएको खुलेको प्रहरी स्रोतले जनाएको छ । उनी भुलका चिनजानकै व्यक्ति हुन् ।

‘गुप्ता सीमा क्षेत्रमा आउजाउ गरिराख्थे । दुवै जनाबीच चिनजान पनि रहेछ तर त्यो दिन किन हातपात गरे खुल्न सकेको छैन’, प्रहरी स्रोतको भनाइ ।

पुर्ख्यौली घर अछाम भएर हाल कैलालीको टीकापुर बस्दै आएका भुलमाथि हातपात भएको घटना सार्वजनिक भएपछि उनलाई डोकेबजारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती तानिएको छ ।

भुलमाथि हातपात गर्ने गुप्ता समूहलाई कारवाहीको माग गर्दैै भारतीय प्रहरीमा निवेदन दर्ता गरिएको प्रहरीले जनाएको छ । अनलाइन खबर

ताजा समाचार

सम्बन्धित समाचार