Saturday, July 27, 2024

रहेनन उद्योग वाणिज्य संघ अछामका अध्यक्ष कडायत

प्रकाशित:

अछाम — अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण निधन भएको छ । बुधबार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्‍याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लामो समयसम्म उद्योग वाणिज्य संघको कार्ववाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए । साँफेबगर नगरपालिका(८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए ।

बिहीबार उनको अन्त्येष्टि गरिने छ । शोक मनाउन जिल्लाभरको बजार क्षेत्र बिहीबार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार