Saturday, July 27, 2024

दुई जर्मन नागरिक दार्चुलाको खण्डेश्वरीमा शिक्षक बनेर आउँदै

प्रकाशित:

-दार्चुला । दार्चुलामा शिक्षक बनेर दुई जर्मन नागरिक आउने भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको अपिहिमाल गाउँपालिका भित्रको एक विद्यालयमा स्वयंसेवक शिक्षकको रुपमा जर्मन नागरिक आउने भएका हुन् ।

खण्डेश्वरी माध्यमिक विद्यालयमा केही समयपछि स्वयंसेवक शिक्षकको रुपमा दुई जना जर्मन नागरिक इन्मा र इभा आउने गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए ।

यसले शिक्षा क्षेत्रमा विदेशी स्वयंसेवक शिक्षक भित्र्याउन सहज हुने गाउँपालिका अध्यक्ष बोहराको दाबी छ ।

ताजा समाचार

सम्बन्धित समाचार