महेन्द्रनगर । डडेल्धुराको रुपालमा क्याम्पस सञ्चालन गर्न थालिएको आर्थिक संकलन अभियानले ३० लाख संकलन गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यतालाई मध्यनजर गरेर रुपालमै उच्च शिक्षा अध्ययनको लागि क्याम्पस खाल्ने हेतुले आर्थिक संकलन अभियान चालिएको हो ।

उच्च शिक्षा अध्ययनका लागि जिल्ला सदरमुकाम, कैलाली, कञ्चनपुर, काठमाडौं र विदेश ताक्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि भागेश्वर गाँउपालिका-२ मा रुपाल बहुमुखी क्याम्पस संञ्चालन गर्ने तयारी भएको छ । क्याम्पस सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको प्रधानाध्यापक राजेन्द्र पाण्डेले बताए ।

क्याम्पस खोल्नको लागि ४५ लाख आवश्यक रहेकोमा अहिले सम्म ३० लाख संकलन भएको प्रअ पाण्डेले बताए । उनका अनुसार १५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ र ३० लाख बरावरको अक्षयकोष खोल्नु पर्ने हुँदा क्याम्पस खोल्न ४५ लाख आवश्यक पर्छ ।
उक्त रकम संकलनका लागि थालिएको अभियानले ३० लाख जुटाएको प्रअ पाण्डे बताउछन् ।