Saturday, July 27, 2024

मेयर लिम्बुको प्रश्नः-आफुले गर्न सक्ने कुरा पनि सरकारलाई माग्ने, तिमी आफु के गर्छौ ?

प्रकाशित:

महेन्द्रनगर । आफुले गर्न सक्ने कुरा पनि सरकारलाई माग्ने भन्दै दोधारा चाँदनीका नगर प्रमुख (मेयर) किशोर कुमार लिम्बुले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गायक दिपक लिम्बुको कर्णप्रीय आवाजमा रहेको गित ‘यहाँ देशको छ चिन्ता तिमी मायामाया भन्छौं’ लाई पहिलो वाक्यांश बनाएर नगर प्रमुख लिम्बुले छाडा चौपाया, विद्युतीय भोल्टेज लागायतका सेवा सुधारमा आफ्नो चिन्ता रहेको बताएका छन् ।

आफुलाई दोधारा चाँदनीमा छाडा चौपाया व्यवस्थापन, विधुत पावरको, हात्ती आतंक, जमिन कटान, बाढी डुबान, सुक्खा बन्दरगाहा, सिँचाई नहर, लागु पदार्थ नियन्त्रण, शिक्षा, स्वास्थ्य र सुरक्षा सेवामा सुधारको चिन्ता भएको सामिजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

आफुलाई उक्त कुराहरुको चिन्ता हुँदै गर्दा नगर प्रमुख लिम्बूले फेसबुकमै प्रश्न गरेका छन, ‘तिमी टोईलेट, घर, खोर र बोरको कुरा गर्छौ । आफुले गर्ने कुरा सरकारलाई माग्ने तिमी आफू के गर्छौ ?’

यस्तो लेख्छन नगर प्रमुख लिम्बुः

No description available.

ताजा समाचार

सम्बन्धित समाचार