Saturday, July 27, 2024

कुवेतका राजाको निधनमा नेपालले सोमबार शोक मनाउने

प्रकाशित:

काठमाडौँ । कुवेतका राजा नवाफ अल अहमद अल जाबेर अल सबाको निधन भएकोमा नेपाल सरकारले पनि शोक मनाउने निर्णय गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सरकारले स्वर्गीय अमिरको निधनमा कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति समवेदना व्यक्त गर्दै शोक मनाउने निर्णय गरेको हो ।

उनको सम्मान सरकारले सोमबार शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अमिर शेखको निधनमा शोक मनाउने निर्णय गरेको जानकारी दिए । उनको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार