Saturday, July 27, 2024

रुसी सेनामा कार्यरत अर्का नेपालीको मृत्यु, कुशको शव बनाएर दाहसंस्कार

प्रकाशित:

महेन्द्रनगर । रुसी सेनामा कार्यरत थप एक नेपाली युवकको मृत्यु भएको छ भने परिवारजनले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।तीन महीनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका(१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको परिवारजनले बताए। नेपाल र रुस सरकारले भने परिवारजनलाई औपचारिक रुपमा कुनै जानकारी दिएका छैनन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

रुसी सेनामै कार्यरत भरतकाका साथीले मृत्यु खबर दिएको उनका भाइ मंगल शाहले बताए। “दाइका सहकर्मी कञ्चनपुरका रविन थापाले मेसेज गरेर मृत्यु भएको खबर पठाएका हुन्,” मंगलले भने।

भरतले सात वर्ष नेपाल प्रहरीमा काम गरेका थिए। त्यसपछि राजीनामा दिएर तीन वर्षअघि वैदेशिक रोजगारीमा दुबई पुगेका थिए। त्यहाँ सेक्युरिटी गार्डमा काम गरेका थिए।

अहिले उनको मृत्युको खबर दिने रविनले पनि भरतसँगै दुबईमा काम गरेका थिए। “सँगै कार्यरत रविनले दाइको मृत्युको शुक्रबार खबर पठाएका हुन्,” मंगलले हिमालखबरसँग भने, “मेसेजमा २६ नोभेम्बर ९मंसीर १० गते० मा लडाइका क्रममा मृत्यु भएको भनेका छन्।”

मंसीर दोस्रो साता त परिवारजनले भरतसँग कुराकानी पनि गरेका थिए। त्यतिवेला ठीकै भएको बताएको मंगलले सुनाए। “दाइसँग कुराकानी नभएको तीन साता भयो, एक्कासी मृत्यु भएको खबर आयो,” उनले भने।

सरकारी निकायबाट आधिकारिक जानकारी नआएपछि उनको परिवार रनभुल्लमा परेको थियो। परिवारजनमा सरसल्लाहपछि अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो। “सरकारले त अहिलेसम्म जानकारी पनि दिएन,” भाइ मंगलले भने, “शव आउने(नआउने टुंगो नभएपछि आज कुशको शव बनाएर परम्परा अनुसार अन्तिम संस्कार गरेका हौं।” भरतका श्रीमती, चार वर्षको छोरा र तीन महीनाकी छोरी छन्।

रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइमा ज्यान गुमाउने भरत एक्ला नेपाली होइनन्। यसअघि पनि पाँच जना नेपालीले ज्यान गुमाइसकेका छन्।

परराष्ट्र मन्त्रालयको अभिलेखअनुसार, गोरखाका सन्दीप थपलिया रुस(युक्रेन युद्धमा ज्यान गुमाउने पहिलो नेपाली हुन्। उनी रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका थिए।

त्यसपछि इलामका गंगाराज मोक्तानले पनि ज्यान गुमाए। त्यस्तै, दोलखाका राजकुमार रोका, कुशुम लामा रोका र स्याङ्जाको पुतलीबजार(५ ठूलास्वाराका प्रितम कार्कीले पनि रूसी(युक्रेन युद्धमा ज्यान गुमाएका छन्।

रुसी सेनामा भर्ना हुन सरकारले कुनै सम्झौता गरेको छैन। भिजिट तथा विद्यार्थी भिसामा रुस पुग्ने नेपाली युवा सेनामा भर्ती भइरहेका छन्। केही एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा करीब २०० नेपाली युवा रहेको जानकारी प्राप्त भएको बताएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार