Saturday, July 27, 2024

प्रतिभा बहुमुखी सहकारीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित:

-पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित प्रतिभा बहुमुखी सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार एक औपचारिक कार्यक्रमका बीच पुनर्वास–६ वडा कार्यालयको सभाहलमा संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष विश्वनाथ बिष्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तै बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका निर्वतवान नगर प्रमुख जिवनराज थापा र निर्वतवान नगर उपप्रमुख शारदा बिष्ट आसिन थिए । भने विभिन्न व्यक्तित्वहरु अतिथीमा थिए ।

प्रमुख अतिथीको तर्फबाट बोल्दै नगर प्रमुख शर्माले एउटै उद्धेश्य बोकेका सहकारीहरु मर्ज गर्न सके मात्रै सहकारीहरुको विकास हुने बताए ।

उनले अघिल्लो वर्ष सहकारीका व्यवस्थापकहरुलाई नगरपालिकाका तर्फबाट सहकारीलाई सहज रुपमा सञ्चालन गर्ने सम्बन्धी तालिम उपलब्ध गराएको सुनाए ।

हिजोआज बाहिरका केहि सहकारीका कारण सहकारीहरु बदनाम बन्दै गएकाले सहि तरिकाले सहकारी सञ्चालन गर्न समिति र कर्मचारीलाई नगर प्रमुख शर्माले आग्रह गरे ।

शेयरसदस्यहरुको बाक्लो सहभागिता रहेको कार्यक्रममा सहकारीका उपाध्यक्ष कृष्णबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए । भने कार्यक्रम सञ्चालन व्यवस्थापक जिवन भण्डारीले गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार