Saturday, July 27, 2024

महेन्द्रनगर मावि साधारण स्कुलको प्रअमा भट्ट नियुक्त

प्रकाशित:

-महेन्द्रनगर । सुदू्र पश्चिमको अग्रणी शैक्षिक संस्था महेन्द्रनगर माद्यमिक विद्यालय (साधारण स्कुल) को निमित्त प्रधानाध्यापकमा देवराज भट्ट नियुक्त भएका छन् । विद्यालयका प्रधानाध्यापक ललित सिंह साउँदले अनिवार्य अवकास लिएपछि भट्टलाई निमित्त प्रअको जिम्मेवारी दिइएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनलाई जेष्ठताको आधारमा निमित्त प्रअको जिम्मेवारी दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र राज बिष्टले बताए । उनका अनुसार शिक्षा नियमावली अनुसार जेष्ठताको आधारमा भट्टलाई विद्यालयको निमित्त प्रअमा नियुक्त गरिएको हो ।

केहिदिनमा विद्यालय व्यवस्थापन समितिको बैठकबाट निर्णय संगैं विज्ञापन खोलेर योग्यता क्षमता र कार्यदक्षताका आधारमा महेन्द्रनगर मावि (साधारण स्कुल) ले प्रधानाध्यापक पाउने छ ।

ताजा समाचार

सम्बन्धित समाचार