Saturday, July 27, 2024

पुनर्वास जनता मा.बि.को ३ तल्ले प्रशासकीय भवनको शिलान्यास

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी भेगमा अग्रणीय शैक्षिक धरोहरको रुपमा रहेको सबैभन्दा पुरानो शैक्षिक संस्था पुनर्वास जनता माध्यमिक विद्यालयको अत्याधुनिक प्रशासकीय भवनको शिलान्यास गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल सरकार द्वारा नमुना विद्यालयका रूपमा छनौट भएको पुनर्वास नगरपालिका वडा नं ६ मा रहेको पुनर्वास जनता माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेको छ। संघीय सरकारको नमुना विद्यालय कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधारको गुरुयोजना पारित भएपछि भवन निर्माणका कार्यहरू तिव्र रुपमा अघि बढेको हो।
उक्त नमूना विध्यालय बिकास कार्यक्रम अन्तर्गतको ३ तले १२ कोठे प्रशासनिक भवनको शिलान्यास आज पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले एक औपचारिक समारोहकाबीच शिलान्यास गर्नुभएको थियो।

लामो इतिहास बोकेको यस विद्यालय साविक कालिका गाविस त्रिभुवन गाबिस परासन र बाईसे बिचुवा गाविसका बिधार्थीहरूका लागि अग्रणीय शैक्षिक धरोहरको रुपमा रहेको सबैभन्दा पुरानो बिधालय हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर सायरले अहिले यस बिधालयलाई नेपाल सरकारले नमुना विद्यालयका रूपमा छनौटमा पारि नमुना बिद्यालय निर्माणको काम तिब्र गतिमा अघि बढिरहेको बताउनुभयो। भौतिक पूर्वाधार निर्माणका कार्य संगै शैक्षिक गुणस्तर पनि सुधार भएको जिकिर गर्नुभयो। ’ अध्यक्ष सायरले ूयस विद्यालयको माध्यमबाट पुनर्वास नगरपालिकालाई नै शैक्षिक हबको रुपमा विस्तार गर्नका निम्ति नमुना लायक कार्यक्रमका साथ अगाडी बढ्न छलफल, परामर्श गरिहेको बताउनुभयो ।

पुनर्वास नगरपालिकाको प्राविधिक रेखदेखमा निर्माण हुन लागेको यो योजनाले बिदधालयको शैक्षिक, भौतिक, व्यवस्थापन लगायत सबै क्षेत्रको समग्र विकास हुने पुनर्वास नगरपालिकाका योजना अधिकृत शङ्कर बोगटीले बताउनुभयो। ’ उहाँले भन्नुभयो , ‘बहुबर्षिय पुर्वाधार निर्माण योजना अन्तर्गत काम अघि बढने भएकाले बिधालय भवन, छात्रावास, घेराबारा लगायतका संरचना निर्माण क्रमिक रूपमा हुदै जाने छन। तसर्थ सम्झौता अनुसार गुणस्तरीय कामका लागि निरन्तर पालिकाको प्राविधिक टोलीको अनुगमन रहने बताउनुभयो ।

सुरुका वर्षहरुमा सामुदायिक विद्यालयहरूमा भौतिक अवस्था कमजोर रहे पनि जब शिक्षामा विभिन्न परियोजनाहरु लागू भए, सामुदायिक विद्यालयमा निकै सुुधार भएको छ। पुरानो जिर्ण बन्दै गएको भवनलाई भत्काएर नयाँ अत्याधुनिक शैलीमा निर्माण गर्न लागिएको भवनलाई देख्दा बिदधालयमा अध्यनरत छात्र(छात्रा हरू निकैनै खुशी देखिन्छन्। उनीहरू भन्छन् ूहाम्रो बिदधालयमा भौतिक पूर्वाधार निर्माणका साथसाथै शैक्षिक गुणस्तर समेत राम्रो रहेको छ । अहिले पहिले को भन्दा फरक शिक्षणशैलीमा शिक्षक हरूले जोड दिँदा विद्यार्थीको जीवनशैली र पठनपाठन मा समेत बदलिएको बताए।

यसैगरी पुनर्वास जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङले शिक्षण सिकाइमा सुधार ल्याउन स्तरीय भौतिक पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्छ। स्तरीय भौतिक पूर्वाधारले सरसफाइलाई व्यवस्थित बनाउँछ। ू विद्यालयका प्रअ, शिक्षक, कर्मचारीले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाइदिए मात्र कक्षाकोठाको शिक्षण सिकाइ उत्कृष्ट हुन सक्ने औल्याउनुभयोू। प्रधानाध्यापक तामाङले ूजग बलियो भए घर बलियो हुन्छ। शिक्षा को जग विद्यालय हो। विद्यालय शिक्षा स्तरीय र प्रभावकारी भए मात्र देशको समग्र शिक्षा उपलब्धिमूलक बन्छ। विद्यालय शिक्षा दरिलो बनाउन शिक्षण सिकाइ प्रभावकारी, स्तरीय र उपलब्धिमूलक हुनुपर्ने बताउनुहुन्छ। तसर्थ यस कुरालाई आत्मसाथ गर्दै आफु अघि बढिरहेको बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक विकासको गुरुयोजना निर्माण चरणमा रहेको बताउनु हुदै नमुना कार्यक्रमले विद्यालयको समग्र शैक्षिक विकासमा सघाउने बताउनुभयो।

प्रशासकीय भवनको शिलान्यास गर्दै नगर प्रमुख तोय प्रसाद शर्माले शिक्षाको क्षेत्रमा जिर्ण विद्यालयहरुलाई भौतिक रुपमा मात्र सम्पन्न नभई शैक्षिक स्तरमा पनि सम्पन्न बनाउन तर्फ लाग्न आग्रह गर्दै विद्यालयलाई वास्तविक नमुना विद्यालय बनाउन शिक्षक, अभिभावक, विद्यार्थी एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनु भएको थियो । नगरप्रमुख शर्माले निर्माण व्यवसायीलाई समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दै भवन निर्माणका क्रममा निर्माण व्यवसायीलाई परेका समस्याहरु नगरपालिका र विद्यालयको समन्वयमा समाधान गरिने उल्लेख गर्नुभयो । पुनर्वासको पुरानो शैक्षिक धरोहरको रुपमा रहेको यस विद्यालयको विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्यका लागि आफु साथमै रहेको उल्लेख गर्दै विद्यालयको प्रशासकीय भवनको शिलान्यास गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मा,योजना अधिकृत शकर बोगटी, पूर्व विद्यालय व्यवस्थापन समितिकाअध्यक्षहरू पुनर्वास जनता माबि ब्यवस्थापन समितिका अध्यक्ष जगत सायर, शिक्षक अभिभावक संघ अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो । भने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार