Saturday, July 27, 2024

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मुत्यु २ जना घाईते

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मुत्यु भएको छ भने २ जना  घाईते भएका छन् । आईतबार जिल्लाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत शुक्लाफाटा नगरपालिका ११ कलुवापुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महाकाली यातायात प्रालिको म १ ख ९३५ नम्बरको बसले शुदुरपश्चिम प्रदेश ०१–००९प १२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइलमा सवार वर्ष ३९ कि भागरथी अवस्थीको उपचारको क्रममा धनगढिको माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डागीले बताएका छन् । मोटरसाइकलमा सवार सामान्य घाईते भएका मृतकका आफन्त उपचार पछि घर फर्कीएका छन् । ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरीकार्यालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार