Saturday, July 27, 2024

लागु औषध खैरोहिराईन सहित २ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले लागु औसध सहित २ जनालाई पक्राउ गरेको छ ।शनिबार पश्चिमी सीमा गड्डाचौकीमा रहेको होल्डिङ अगाडि ५.५९ ग्राम लागु औसध सहित नेपाल प्रहरीको सादा पोशाकमा खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय जिवन डगौरा र १८ वर्षीय रोहन डगौरा रहेका छन् ।प्रहरीले उनीहरु सवार से ४ प ९११८ नम्बरको मोटरसाईकलमा खानतलासी गर्दा हेलमेट भित्र लुकाई नेपाल ल्याउदै गरेको अवस्थामका लागु औषध खैरो हिरोईन फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार