Saturday, July 27, 2024

कृष्णपुर २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु

प्रकाशित:

झलारी । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता शुरु भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडाले नै निर्माण गरेको मछेली खेदकुद मैदानमा पहिलो पटक वडाध्यक्ष फुटबल प्रतियोगिता हुन लागेको छ । ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका मछेली खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता संचालन भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्री झपट साउदले प्रतियोगिताबाट ग्रामिण भेगको खेलकुद बिकासमा टेवा पुग्ने बताए ।

मन्त्री साउदले कृष्णपुर नगरपालिका २ मा खेलकुद मैदान स्तरोन्नती, मञ्च व्यवस्थापन, ढल निर्माण सहित आवश्यक खेलकुद विकासका लागि बजेटदिने प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्रममा बिशिष्ठ अथिति समेत रहेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य गिता चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने आश्वासन दिईन ।

प्रतियोगिता संयोजक जित बहादुर चौधरीले उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १४ टिम सहभागि भएको बताए ।

उनका अनुसार २ टिम आयोजक वडा, बाँकी १२टिम नगरपालिका अन्य वडा बाँकी छिमेकी पालिकावडाबाट टिम आएको बताए । प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र वितरण गरिनेछ । प्रतियोगिताका उत्कृष्ठ खेलाडी, बेष्ट किपर, डिफेन्सरलाई समेत पुरस्कार प्रदान गरिनेछ ।

 

ताजा समाचार

सम्बन्धित समाचार