दोधारा । दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।

दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी उच्च माबिको खेलमैदानमा भोलीबाट नगर उपप्रमुख छात्रा रनिङ्ग भलिवल प्रतियोगिता संचालन हुने भएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयका माध्यमिक तहका छात्राहरुलाई समेटेर छात्रा भलिवल रनिङ्ग प्रतियोगिता संचालन गर्न लागिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष दिवान चन्दले बताएका छन् ।

भोली हुने भनिएको प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत गरि ११ बिद्यालयका माध्यमिक तहका बिद्यालयहरु सहभागी हुने छ ।
आज लक्ष्मी उच्च माबिको खेलमैदानमा नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको बैठकले भोलीको नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिताको लागी सम्पुर्ण तायरी पुरा भएको जानकारी दिएको छ ।
बिद्यालयमा अध्यनरत छात्राहरुलाई समेत खेल प्रति आकर्षण बढाउन प्रतियोगिता संचालन गर्न लागिएको बताईएको छ ।