Saturday, July 27, 2024

शुक्लाफाँटामा आजदेखि प्रदेशस्तरीय फुटकन्ट्याक्ट कराँते च्याम्पियनशिप हुँदै

प्रकाशित:

-झलारी । प्रथम प्रदेशस्तरीय शुक्लाफाँटा बुँदोकैदो फुटकन्ट्याक्ट कराँते च्याम्पियनशिप आज शुक्रबारदेखि सुरु हुँदैछ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्लाफाँटा बुँदोकैदो शाखाको आयोजनामा हुने प्रतियोगितामा महिला र पुरुषतर्फ गरी ११ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५, ५० र खुला गरी ७ विधामा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ४०, ४५, ५० र खुला गरी ४ विधामा प्रतिस्पर्धा हुनेछ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साह कभर्ड हलमा हुने प्रतियोगिता २ दिनसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक तथा मुख्य प्रशिक्षक लक्ष्मण बोहराले जानकारी दिए ।

प्रतियोगितामा महिला र पुरुष गरी सुदूरपश्चिमका ९ जिल्लाका करीब ३०० जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।

प्रतियोगिताको प्रत्येक तौल समूहका विजेताले ५ हजार, उपविजेताले ३ हजार, तृतीयले २ हजार र चौथो खेलाडीले १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रतियोगितामा करीब १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगितामा स्थानीय तहले सहयोग गरेका छन्,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार