Saturday, July 27, 2024

नेपालमा ०८४ अघि नै राजसंस्था पुनःस्थापना हुन्छः प्रवक्ता शाही

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरमा राप्रपाले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले २०८४ अघि नै राजसंस्था पुनःस्थापना हुने बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

राप्रपा कञ्चनपुरले पुर्वराजा महेन्द्रको सालिक स्थापनार्थ राखेको विशाल आमसभलाई सम्बोधन गर्दै प्रवक्ता शाहीले वार्षिक ७ अर्ब प्रदेश संरचनामा बजेट खर्च हुँदै गर्दा प्रदेश पाल्न नसकिने बताएका हुन् ।

‘प्रदेश पाल्न नसकिने अवस्था छ । यो देशमा २०८४ मा आम चुनाव होइन, ०८४ भन्दा अगाडी नै यो देशमा सशक्त आन्दोलनको आवश्यकता छ ।’ प्रवक्ता शाहीले भने, ‘अबको हाम्रो आन्दोलनले प्रदेश खारेज गर्छ, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याउछ, बैद्धिक सनातन सहितको हिन्दुराष्ट्र कयम गर्छ र देशमा राजसंस्था पुनस्र्थापना गर्छ ।’

गणतन्त्र बचे नबचे पनि देश बचाउने अभिव्यक्ति दिदै प्रवक्ता शाहीले भारतको दिल्लीमा १२ बुदे सम्झौताले ल्याएको गणतन्त्र उतै पठाइदिने बताए । ‘देश बचाउने हो, गणतन्त्र बचोस नबचोस ।’ उनले भने,‘यो भारतको दिल्लीमा १२ बुदे सम्झौताले ल्याएको गणतन्त्र हो, हामीले भारत नै पठाइदिन्छौं ।’

राप्रपाले महेन्द्रनगरको स्मारकमा पुर्वराजा महेन्द्रको सालिक स्थापनार्थ आयोजना गरेको विशाल आमसभामा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्री शाही लगायतका केन्द्रीय तथा प्रदेश स्तरिय नेताहरुले सम्बोधन गरेका थिए ।

स्मारकमा पुर्वराजा महेन्द्रको सालिक स्थापना गर्न राप्रपा असफल भएको छ । जिल्ला प्रशासन कार्यलय कञ्चनपुरले आज देखि एक साताका लागि स्मारक स्थल नजिकका क्षेत्रमा निषेधाज्ञा समेत जारी गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार