Saturday, July 27, 2024

महेन्द्रनगरमा एक साताका लागि निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

प्रकाशित:

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरको संविधान चोक आसपासका क्षेत्रमा एक साताका लागि निषेध गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यहाँ पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबार जारी गरेको आदेशमा उल्लेख छ ।

यस क्षेत्रमा एक सातासम्म जुलुस, प्रदर्शन, धर्ना, घेराउ गायत गर्न निषेध गरिएको प्रशासनको भनाइ छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको संविधान चोक र त्यहाँबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडकमा निषेधित क्षेत्र तोकेको हो ।

त्यस्तै संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिक सम्मको मुख्य सडक खण्ड क्षेत्रसम्म पनि निषेधित क्षेत्र घोषणा गरेको हो ।

संविधान चोक आसपासको क्षेत्रमा पूर्वराजा महेन्द्र शाहको सालिक स्थापना गर्न दिने÷नदिने भन्नेबारे विभिन्न राजनीतिक दलहरूबीच विवाद भएपछि सार्वजनिक स्थानमा शान्ति कायम गर्न उक्त स्थानलाई निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

राप्रपाले पूर्वराजा शाहको सालिक राख्न खोजेको थियो। अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले सभा गर्दै बिहीबार पूर्वराजा शाहको सालिक स्थापना गर्ने कार्यक्रम तय थियो । राप्रपाले कार्यक्रम सुरू गर्नुअघि नै प्रशासनले निषेध क्षेत्र घोषणा गरेको छ ।

प्रशासनले यो क्षेत्र निषेध गरेपछि राप्रपाले अर्कै ठाउँमा सभा गर्ने तयारी गरेको छ ।

_८.२८-1702541892.jpg

 

ताजा समाचार

सम्बन्धित समाचार