Saturday, July 27, 2024

दोधारा चाँदनीका एक युवक बेपत्ता

प्रकाशित:

-दोधारा । दोधारा चाँदनी नगरपालिकाका पंकज सुनार बेपत्ता भएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ नवदुर्गा टोलका वर्ष अन्ताजी २८ का पंकज सुनार ९ दिन देखि घरबाट बेपत्ता भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बोल्न नसक्ने, काम कम सुन्ने पंकज सुनार ९ दिन देखि घरबाटै बेपत्ता भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले जानकारी दिएका छन् । घरमा रहेको बेला पंकज बेपत्ता भएका थिए ।

दुई वटा नानीको वुवा घरबाट बेपत्ता भएपछि खोजी कार्यको लागी प्रहरी कार्यालयमा निदेशन दिएको पंकजको घरपरिवारले बताएका छन् ।

आफन्त तथा साथीभाईको घरमा समेत खोजी गर्दा पंकज फेला नपरेपछि परिवारजनले खोजीको लागी प्रहरीका निबेदन दिएका छन् ।

बेलाबखत महाकाली नदीको छेउमा घुम्न जाने गरेको पंकज सुनारलाई जो कोही देखेमा दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्यको मोवाईल नम्वर ९८०१९५४३४७ अथवा नजिकै रहेको प्रहरी कार्यालयमा जानकारी गराईदिन पंकज सुनारका आमा लक्ष्मी सुनारले अनुरोध गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार