Saturday, July 27, 2024

७ करोड ७७ लाखमा महाकाली नदीको रोयल्टी ठेक्का सम्झौता, भोलिदेखि घाट खुल्ने

प्रकाशित:

-महेन्द्रनगर । महाकाली नदीको रोयल्टी ठेक्का सम्झौता भएपछि बुधबार देखि घाट खुल्ने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाले संयुक्त रुपमा महाकाली नदीको प्राकृतिक श्रोत नदिजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल आदी)को विक्रि शुल्क संकलन (रोयल्टी) का लागी ठेक्का खोलेका थिए ।

काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा ठेक्का सम्झौता गरेपछि बुधबार देखि महाकाली नदीको घाट खुल्ने भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।

महाकाली नदीको रोयल्टी संकलनका लागि नगरपालिकाबाट प्राविधिककारण ढिलोगरी खुलेको ठेक्कामा काठमाडौंका टाइगर र सगरमाथा नामक ठेकेदार कम्पनीले संयुक्त रुपमा ठेक्का सम्झौता गरेका छन् । नगरप्रवक्ता खड्काका अनुसार टाइगर–सगरमाथा जेभीले ७ करोड ७७ लाखमा ठेक्का सम्झौता गरेका छन् ।

महाकाली नदीको नदीजन्य पदार्थ रोयल्टीमा दोधारा चाँदनी र भीमदत्त नगरपालिकाले क्रमशः ४६ र ७४ प्रतिशत लिने सम्झौता भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार