Saturday, July 27, 2024

गड्डाचौकीमा मानव बेचबिखन विरुद्ध काम गर्ने एक संस्था तत्काल बन्द गर्न प्रशासनको निर्देशन

प्रकाशित:

महेन्द्रनगर । मानव बेचबिखन तथा ओसार पसारका बिरुद्धमा काम गर्दै आएको एक संस्थालाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गर्न निर्देशन गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरको गड्डाचौकीमा हेल्प डेस्क स्थापना गरेर महिला तथा बालबालिकाको हकहित एवं मानव बेचबिखन तथा ओसार पसारको बिरुद्धमा काम गर्दै आएको थ्री एन्जल नेपाल नामक संस्थालाई जिल्ला पशासन कार्यालय कञ्चनपुरले तत्काल बन्द गर्न निर्देशन गरेको हो ।

उक्त संस्थाको कञ्चनपुर गड्डाचौकी सीमा नाकामा रहेको आश्रय स्थल मापदण्ड अनुसार नरहेको हुँदा प्रशासनले बन्द गर्न निर्देशन गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको नेतृत्वमा एसपी कमल थापा सहितको टोलीले अनुगमन गर्दा थ्री एन्जल नेपाल, गड्डाचौकीको आश्रयस्थल मापदण्ड अनुरुप नरहेको हुँदा प्रशासनले तत्काल बन्द गर्न निर्देशन गरेको हो ।

मापदण्ड पुर्याएर अर्को आश्रयस्थल बनाएमा पुनः एक पटक सम्बन्धित सरकारीनिकायबाट अनुगमन गराएपछि मात्रै सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार