Saturday, July 27, 2024

सुदूर पश्चिम प्रदेश सरकारद्वारा इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई दुई लाख आर्थिक सहयोग

प्रकाशित:

-महेन्द्रनगर । इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले आर्थिक सहयोग गरेको छ । मंगलबार प्रदेश सरकारले रकम हस्तान्तरण गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

टीकापुरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदुत हनन गोडेर गोल्डवेरगरको उपस्थितीमा मन्त्री भट्टले ७ जना मृतकका परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।

७ अक्टोबरमा इजरायलमा हमासले गरेको आक्रमणमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत सुदुरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको मृत्यु भएको थियो।

तीमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए । आक्रमणमा परी बेपत्ता भएका विपिन जोशीको अवस्था भने अज्ञात छ ।

ताजा समाचार

सम्बन्धित समाचार