महेन्द्रनगर । कैलालीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । १३ बर्षिय एक बालकले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

२० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा आज जाहेरी दर्ता भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । स्वास्थय परीक्षण गरेर कानुनी प्रक्रिया अगाडी बढिरहेको उनले बताए ।



