Saturday, July 27, 2024

कञ्चनपुरको एक गाउँ जहा विद्युत् छ, पङ्खा र पानी तान्ने मोटर चल्दैन

प्रकाशित:

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टीका २०० भन्दा बढी घरमा विद्युत उपभोग गर्छन्। मिटरसमेत जडान गरेका उनीहरूले नियमित रूपमा महिनाको अन्त्यमा महसुल पनि तिर्दै आएका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भोल्टेज कम हुँदा एक दशकदेखि विद्युत् सेवा भने सहजरूपमा पाउन सकेका छैनन्। एक बल्वबाहेक अन्य विद्युतीय उपकरण नचल्ने गरेको वीरबहादुर चन्दले गुनासो गरे। ‘पङ्खा चल्दैन, खेतमा सिँचाइ गर्ने मोटर चल्दैन, टीभी राखेका छौँ, कम भोल्टेजकै कारण हेर्न पाएका छैनौँ’, उनले भने, ‘यस समस्याबारे पटक–पटक वडादेखि विद्युत् कार्यालयसम्म पुगे पनि सुनवाइ हुनसकेको छैन।’ दुई वर्षअघि वडामा गाउँका सबै जनाको संयुक्त हस्ताक्षर गरी निवेदन दिए पनि बेवास्ता गरिएको उनले बताए।

‘पोलमा विद्युत्का दुईवटामात्रै तार तानिएका छन्’, स्थानीय हेमराज जोशीले भने, ‘विद्युत्को भोल्टेज नपुग्दा ‘डिमलाइट’ हुने गरेको छ, एक दशकदेखि समस्या भए पनि निराकरण हुनसकेको छैन।’ तार तानेर तीन वा चार फेसको विद्युत् लाइन बनाइनुपर्ने उहाँको माग छ।

विद्युतीय मोटर चलाउनका लागि भोल्टेज नपुग्दा सबै जनाले विकल्पका रूपमा डिजेल इन्जिन राखेर खेतमा सिँचाइ गर्दै आएका छन्। ​वडाध्यक्ष कमल ठकुल्लाले ट्रान्फर्मरले भार धान्न नसक्दा नयाँ ट्रान्सफर्मर जडानका लागि पहल भइरहेको बताए। ‘प्राविधिकले ट्रान्सफर्मर जडान गर्ने ठाउँ हेरेर गएका छन्’, उनले भने, ‘एक–दुई महिनाभित्रै ट्रान्सफर्मर जडान गर्ने कार्यसँगै थ्री फेज विद्युतीय लाइन जडान हुन्छ।’ रासस

ताजा समाचार

सम्बन्धित समाचार