Saturday, July 27, 2024

दोधारा चाँदनीमा नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिता सञ्चालन हुने

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयका माध्यमिक बिद्यालय तहका छात्राहरुलाई समेटेर छात्रा भलिवल रनिङ्ग प्रतियोगिता संचालन गर्न लागिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका उपाध्यक्ष चमन खड्काले जानकारी दिएका छन् ।

बिद्यालयमा अध्यनरत छात्राहरुलाई समेत खेल प्रति आकर्षण बढाउन प्रतियोगिता संचालन गर्न लागिएको हो । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीको वार्षिक योजना तथा कार्यक्रम अनुसार छात्राहरुलाई खेल प्रति उनिहरुको भविष्य उकास्न सहयोग हुने उद्धेश्यले बिभिन्न कार्यक्रमहरु संचालन हुदै आएको छ।

प्रतियोगिता दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको लक्ष्मी माबिको खेल मैदानमा संचालन हुने बताईएको छ । प्रतियोगितालाई सभ्य तथा भब्य बनाउन तयारी सुरु गरिएको दोधारा चाँदनी नगर खेलकुद समितिले जनाएको छ ।

नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको आयोजनामा संचालन हुने भनिएको नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगितामा सहभागी हुन दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका ११ सामुदायिक तथा संस्थागत बिद्यालयलाई पत्राचार गरिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका उपाध्यक्ष चमन खड्काले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार