Saturday, July 27, 2024

बेदकोटमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २०२३ तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

लैंगिक हिंसा विरुद्धको १६ दिने नगर प्रमुख भोजराज बोहोराको प्रमुख आथित्यतामा आज (आइतवार) सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख भोजराज बोहोराले लैंगिक हिंसाका घटना विगतको भन्दा वर्तमान समयमा घट्दै गएको बताएका छन् ।

उनले भने , “ समाजमा लैंगिक हिंसाका घटना महिला र पुरुष दुवैबाट हुने गरेको छ, सबैभन्दा पहिले हरेक नागरिकले सकारात्मक सोच राख्नुपर्ने आबस्यकता छ ।” लैंगिक हिंसाको अभियान औपचारिकतामा सीमित राख्नु भन्दा जनमुखी र हिंसा कम गर्न प्रत्यक्ष लाभदायी बनाउनुपर्ने सुझाव पनि व्यक्त गरे ।

१६ दिने अभियानबाट ४७५ जना महिलाहरुलाई हिंसा रोक्न जनचेतना अभिवृद्धि गराउने कार्य भएको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख राधिका पन्तले बताइन् ।

हिंसा विरुद्धको १६ दिने अभियान बेदकोट नगरपालिकाले स्वीट नेपाल कञ्चनपुर , निडस नेपाल लगायत अन्य संस्थाको सहकार्यमा सम्पन्न गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार