महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य लोकेश पा कञ्चनपुर इन्चार्ज भएका छन् । युवा संघको दोस्रो पूर्ण बैठकपछि जारी विशेष सर्कूलर पाललाई कञ्चनपुर इन्चार्जको जिम्मेजारी दिइएको हो ।
भीमदत्त नगरपालिका १७ का पाल संघको नेपालगञ्ज अधिवेशनबाट केन्द्रीय सदस्य भएका हुन् । यसैगरी संघले शुक्लाफाँटाका राजेश शाहीलाई केन्द्रीय अनुशासन आयोग सदस्य बनाएको छ ।