Saturday, July 27, 2024

धनगढीमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागसहित १० किलोको माला

प्रकाशित:

धनगढी । कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० किलोको माला लगाइएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई १० किलोको माला लगाइएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महोत्सवको प्रधानमन्त्री दाहालले उदघाटन गरेका हुन्। सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन्।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ। शुक्रबार महोत्सवको १७ औं संस्करणको अवसरमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागपत्र बुझाइएको छ।

सो अवसरमा अध्यक्ष कुँवरले अहिलेसम्म सरकारले निजी क्षेत्रले अघि सारेका १० वटा मागबारे कुनै प्रक्रिया अघि बढाउन नसकेको बताए।

धनगढीमा २०६३ सालदेखि हुँदै आएको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि राष्ट्रपति, प्रधानमन्त्रीदेखि पूर्व संघीय सांसदहरु तथा प्रदेशका तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथिका रुपमा सहभागि भइसकेका छन्।

संघले हरेक वर्ष पुरानै मागलाई अघि बढाउँदै महोत्सवको आयोजना गर्दै आएको छ। कैलाली उद्योग वाणिज्य संघका अनुसार महोत्सवको १७ औं संस्करणसम्म आइपुग्दा पाँचवटा मागमात्र सम्बोधन भएको जनाइएको छ।

सेती प्रादेशिक अस्पतालमा आइसियू स्थापना, क्षेत्रीय खेलकुद रंगशाला, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरी पाँच बुँदा मागको सुनुवाई भइसकेको छ।

अन्तराष्ट्रिय क्रिकेट रंगशाल, प्रदेश सभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्र तथा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने बुँदाहरु आंशिक रुपमा सरकारले सुनुवाई गरेको अध्यक्ष कुँवरले बताए।

ताजा समाचार

सम्बन्धित समाचार