Saturday, July 27, 2024

असोजदेखि बेपत्ता बैतडीकी कल्पनाको शव भेटियो

प्रकाशित:

बैतडी । गएको असोजमा बेपत्ता भएकी बैतडीकी कल्पना महराको शव भेटिएको छ । जिल्लाको सुर्नया गाउँपालिका ८ घर भएकी २० बर्षीया कल्पना महरा गएको असोज २५ गतेदेखि बेपत्ता रहेकी थिइन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

घरबाट गोठालो गएकी कल्पनाको शव सुर्नया ८ स्थित कैलपाल सामुदायिक वनभित्रको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । कल्पना खर्सुको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

बुधबार कल्पनाको शव फेला परेको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकेको प्रहरी निरीक्षक केसीले बताए ।

यसअघि विभिन्न ठाउँमा कल्पनाको खोजी गरिएको थियो । खोजी गर्दै जाँदा घना जंगलको बीचमा स्थानीयहरुले कल्पनाको शव फेला पारेका थिए ।

कल्पनामा कहिलेकाँही बेहोस हुने र मुर्छा पर्ने लक्षणहरु समेत देखिने गरेका थिए । कल्पनाले किन आत्महत्या गरिन् भन्ने बिषयमा केही खुलेको छैन् ।

ताजा समाचार

सम्बन्धित समाचार