Saturday, July 27, 2024

डडेल्धुरामा ‘क्युआर कोड’ मार्फत प्रहरीमा उजुरी दिन सकिने

प्रकाशित:

महेन्द्रनगर । डडेलधुरामा ‘क्युआर कोड’ मार्फत प्रहरीमा उजुरी दिन सकिने भएको छ । नागरिकमैत्री सेवा दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय डडेलधुराले ‘क्युआर कोड’ मार्फत उजुरी वा सुझाव दिन सक्ने व्यवस्था गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबारबाट क्युआर कोड सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

प्रहरी सेवा प्रवाहलाई छिटो, व्यवस्थित, जवाफदेहिता, पारदर्शिता र जिम्मेवारी बोध गराई नागरिक सुसम्बन्ध एवम् सुशासन कायम राख्ने प्रयोजनका लागि गुनासो व्यवस्थापन गर्न क्युआर कोड ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक वीर बहादुर थापाले जानकारी दिए ।

उता सुदूरपश्चिम प्रदेश प्रहरीले पनि केही महिना अगाडि मात्रै क्युआर कोड सार्वजनिक गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार