Saturday, July 27, 2024

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको उपचारका क्रममा मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमवार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०१०१० प ३८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका पछाडी सवार धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा बुधवार मृत्यु भएको हो।

 

ताजा समाचार

सम्बन्धित समाचार